सवाल नेपाल डेक्स
भरतपुर महानगरमा मेयरकी उम्मेवार रेणु दाहालले अर्का उम्मेदवार देबीप्रसाद ज्ञवालीलाइ पछारेकीछन् । माओबादी केन्द्र र काँग्रेस गठबन्धनकी उम्मेद्वार दाहाल जिततिर लम्किरहेकीछन् भने ज्ञवाली पछ्याउन थालेकाछन् ।
अब चमत्कारीक मत नल्याएमा देबी ज्ञवालीका लागि भरतपुरमहानगरको मेयरको कुर्सिको सपना चकानाचुर हुनेछ । देश कै पहिलो महानगरको महिला प्रमुखको रुपमा दाहाल बस्नेछिन् ।
सत्तापक्ष र एमालेबीतको प्रतिष्ठाको बिषय बनेको भरतपुर महानगरको निर्वाचनको अप्रत्याशित मत परिणामको रुपमा यसलाइ एमालेले लिएको छ ।
७ सय भन्दा बढिको मतान्तर घटाएर अग्रता लिनु ज्ञवालीका लागि अशुभ संकेत हो भने दाहालका लागि शुभ संकेत हो । यसले दाहाललाइ जित तिर लम्क्याएको छ भने ज्ञवालीलाइ हारतर्फ धकेलेको छ ।
माओबादी काँग्रेसको मुहारमा खुसिका रेखाहरु शुरु भएकाछन् भने एमालेका कार्यकर्ताहरु निराश हुन थालेकाछन् । मत परिणाम उल्टिएपछि अहिले यस बिषयमा चर्को बहस समेत शुरु भएको छ ।



