काठमाडौं- नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)लाई सञ्चालन अनुमति नदिने भएको छ। अहिलेको बजार अनुसार १९ मर्चेन्ट बैंक धेरै भएको भन्दै थप १० ले स्वीकृति पाएपछि नयाँ मर्चेन्टलाई सञ्चालन अनुमति नदिने जनाएको छ।

बोर्डका अनुसार १९ वटा संगठित संस्थाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पत्र प्राप्त गरी सेवा दिइरहेका छन्। थप १० संगठित संस्था अनुमतिपत्रका लागि बोर्डको प्रक्रियामा प्रवेश भइसकेकाले ती संस्था आएपछि कुल २९ संस्था हुने भन्दै अरु संस्थाबाट आवेदन नलिने बताएको हो।

बजारमा बैंक तथा वित्तीय संस्था र बिमा सम्बन्धी संस्थाहरुको बाहुल्य रहेकोमा त्यस्ता संस्थाको स्थापना प्रक्रिया स्थगित गरी तिनीहरुको क्षमता विस्तार प्रक्रिया चलिरहेका कारण मर्चेन्ट बैंकरको पनि क्षमता विस्तारमा केन्द्रित हुन अरु संस्थालाई सञ्चालन अनुमति नदिने निर्णय गरेको बोर्डले प्रस्ट पारेको छ। उसले मर्चेन्ट बैकिङ सम्बन्धी नियमावली संशोधन प्रक्रियामा रहेको भन्दै उक्त समयसम्म अरु संस्थालाई सञ्चालन अनुमति नदिने बताएको हो।

मर्चेन्ट बैंकरहरुले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पुरानो पुँजी सम्बन्धी व्यवस्था, पूर्वाधार व्यवस्था, व्यावसायिक क्षेत्रको विस्तार आदिको सम्बन्धमा अध्ययन गरी मर्चेन्ट बैकिङ व्यवसायको दायरा बढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने लगायत विषयलाई सम्बोधन गर्दै मर्चेन्ट बैकिङ सम्बन्धी नियमावली संशोधन भएपछि मात्र अरु संस्थाले सञ्चालन अनुमति पाउन सक्ने संकेत बोर्डले गरेको छ। उसका अनुसार बोर्डमा प्रक्रियामा रहेकाबाहेक अरु संस्थाबाट अब बोर्डले आवेदन लिने छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah