सवाल नेपाल डेक्स
भरतपुर महानगरको अन्तिम परिणाम आउन लागे पछि सुरक्षाकर्मीहरु सडक तथा मतगणनास्थल वरपर बाक्लो रुपमा उपस्थिति भएकाछन् । सडकमा सेना समेत देखिएकाछन् ।
बहुचर्चित भरतपुरको मतगणना र यसको परिणामले कतै आक्रोश त कतै उत्साह छाएपछि सम्भावित घटना नियण्त्रणका लागि भरतपुर महानगरको मतगणनास्थलमा उच्च सुरक्षा अधिकारी आफै आएको बताईएको छ ।
प्रमुखमा माओबादी केन्द्र र काँग्रेस समर्थित उम्मेदवार रेणु दाहालले जित्ने निश्चित भएको बताइन्छ । एमालेका समर्थक तथा स्थानीय नेताहरुले मतगणनास्थल छाड्दै गएको बताइएको छ ।
दाहालले जित्ने भएपछि उनलाइ घेर्ने र बधाइ दिनेको घूइचो शुरु हुनसाथ प्रहरीले उनलाइ पनि कडा सुरक्षा दिएको बताइन्छ । निर्वाचन अधिकृतको कार्यालयले मध्यराती बिजय घोषणा गर्ने छ ।
स्थानीय एमालेको नेतृत्वले निष्पक्ष रुपमा निर्वाचन नभएको र शक्तिको चरम दुरुपयोग भएको भन्दै आएको छ । यसबाट एमाले कार्यकर्ताहरु आक्रोशित रहेकाले सुरक्षा ब्यवस्था कडा पारिएको र उम्मेदवारको सुरक्षामा पनि ध्यान दिइएको प्रहरी श्रोतले बताएको छ ।



