झापा | केहिदिन यता झापाको दमकमा डेंगु रोगको प्रकोप बढने क्रम रोकिन सकेको छैन । हालसम्म सो रोगबाट संक्रमित हुनेको संख्या ३९ पुगेको छ । दमक तथा यस आसपासका क्षेत्रहरुबाट समेत आएका बिरामीहरुको दमकमा रहेका विभिन्न अस्पतालहरुले गरेको नमुना परिक्षणबाट ३९ जनामा डेंगुको संक्रमण भेटिएको दमक अस्पतालका सिनियर अहेब नगेन्द्र भट्टराईले जानकारी दिनुभयो । असोजको दोस्रो साताबाट दमकमा डेंगु देखिन थालेको भएपनि हालसम्म आइपृुग्दा समेत सर्वसाधारणहरुमा डेंगु को संक्रमण देखापर्ने क्रम रोकिन सकेको छैन ।
दुई वर्ष अघि दमकमा ३५ जनामा डेंगु देखिएकोमा गतवर्षमा १ जनामा मात्र यो रोग पहिचान भएको थियो । तर यसवर्षभने वितेका सवै वर्षहरुलाई उछिन्दै ३९ जनामा यो रोग देखा परिसकेको छ । लगातारका वर्षा पछि खुलेको मौषम संगै फैलिएको डेंगु भाइरसले अहिले यो क्षेत्रमा महामारीको रुप दिदै गएको छ । डेंगु रोग अरुमा सर्न नदिन अहिले दमक नगरपालिका लगायत विभिन्न याहाँ स्थित विभिन्न संघ संस्थाहरुको पहलमा जनचेतना मुलक तथा डेंगुको लार्भा नष्ट गर्न कार्यले समेत तिव्रता पाएको छ ।
डेंगु एक प्रकारको संक्रमित एजिट एजिप्टाइ जातको पोथि ला्मखुटेको टोकाइबाट सर्ने रोग भएकाले घर आसपास सफा राख्नुका साथै राती सुददा सुपरनेट झुलको प्रयोग गर्न चिकित्सकहरुले बुझाब दिएका छन । यसैगरि विहानको समय र बेलुकी साँझ पख यो लामखुट्टे बढि सक्रिय रहेन भएकाले पुरा शरिर ढाक्ने लुगा लागाउनुसमेत चिकित्सकहरुले सुझाएका छन । विशेष गरेर यो लामखुट्टे शहरी क्षेत्रमा बढि पाईने गरेको छ । यो लामखुट्टेले बढिजसो महिला, गर्भवती तथा बालबालिकालाई टोक्न रुचाउने गरेको बिज्ञहरुले बताएका छन ।-नगेन्द्रमणि न्यौपाने
hamrodamak.com बाट सभार गरिएको ।



