वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक हिसाबले मनाईदै आएको छ, पहाडमा फागु पुर्णिमाको दिन र तराइमा त्यसको भोलिपल्ट एक अर्कालाई विभिन्न रङ हरु लगाएर मनाइने गरेको यो पर्वको आफ्नै पौराणिक महत्व पनि रहेको छ।

परापुर्व कालमा दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी र प्रल्हाद लाई केहि पनि नभएकोले होलिका दहनको दिन भनेर होलि मनाउने गरेको जनविश्वास छ ।

नेपालकै पनि विभिन्न स्थानहरुमा आ आफ्नै मौलिकता अनुसार यो पर्व मनाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि शुरु हुने फागु पुर्णिमाको दिन काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाएर चीरमा राखिएका ध्वजापताका औषधोपचारको रुपमा प्रयोग हेतु लुँछाचुँडी गरी लिने र चीरको खरानीको टीका अनिष्ट टर्छ भनेर लगाउने गरिन्छ ।

काठमाण्डौको बसन्तपुरबाट टुँडिखेल तर्फ चीर लैजादै

यो पर्वको अवसरमा टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन समेत रहेको छ ।

जनकपुरमा मिथिलामा सीतालाई आफ्नो छोरी र भगवान् रामलाई ज्वाइँ वा भिनाजुको भावनाको साथ पुजित गरिन्छ, अहिले पनि मिथिलावासीको हृदयमा राम ज्वाइँजस्तै विराजमान छन् त्यसैले आफ्नो ज्वाइँलाई होलीको दिनमा आफ्नो घरमा आमन्त्रण गर्ने गरेका छन् ।

भगवान् रामसीताको होलीको गीत गाएर साधु सन्तहरू होलीको रङमा रम्ने गर्छन् त्यसैगरी मिथिलाको मध्यमा परिक्रमा महोत्तरीको कञ्चन वन पुगेपछि धार्मिक होलीको पौराणिक उत्सव हेर्न सकिन्छ । होलीको दिन मन्दिरमा रङ अबिर चढाउने परम्परा छ भने एक अर्कालाई रंग लगाउदै नाचगान गर्दै यो पर्व मनाउने चलन चलीआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah