बिष्णुप्रसाद पोखरेल
दमक /झापाको दमकमा एकपछि अर्को गरेर ठूला बिकास योजना र गौरव गर्न लायक कामहरु भइरहेकाछन् ।

यसमा एउटा अर्को गर्व गर्न लायक कामको शुरुवात भएको छ । त्यो हो प्रदेश नं. १ कै सबैभन्दा ठूलो र अत्याधूनिक नाटक घर निर्माण । यसमा कलाकार, साहित्यकार र पत्रकार जुटेकाछन् ।

कदम थिएटरले यसको अगुवाइ गरेको छ । कदम थिएटर दमकका लागि नयाँ भएपनि उसका केहि कदमहरुले नै पहिचान दिलाउन थालेको छ । उसले रचानत्मक कार्यक्रमहरु गरेर आफ्नो पहिचानलाइ छोटो समयमा स्थापित गरेको छ ।

छोटो समयमा नै कमद थिएटरले केहि राम्रा काम गरेकाले बिश्वास बढेको कदम थिएटरका सचिब कमन देवान बताउछन् । दमकमा नाटकघर बन्नु दमकेलीका लागि मात्र नभएर पुर्वी नेपालका लागि नै उदाहरणिय बन्ने उनको भनाइ छ ।

यसको अगुवाइ दमकमामात्र नभएर नेपालमा नै चितपरिचित कलाकार दमकेली हेमन्त बुढाथोकीले गरेकाछन् । उनलाइ पत्रकार र साहित्यकारले मात्र नभएर दमकबासीले साथ र सहयोग दिन थालेकाछन् । 

यो अभियानमा दमकमा हुर्केर राजधानीमा रंगमञ्चमा राम्रो छवि बनाएका कलाकारहरु लागिपरेकाछन् । दमकले गर्व गर्न लायक कलाकारहरु बनिसकेका उनिहरु आफ्नो ठाँउमा आएर यो अभियानमा साथ दिइरहेकाछन् ।

नाटक घर निर्माणको लागि सहयोग जुटाउन आज आइतबारदेखि बिहीबारसम्म प्रत्येक दिन एक–एक शो हुने मरिचेको चुपी मञ्चन हुँदैछ । गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा यसको तयारी भएको छ ।

काठमाडौंस्थित मण्डला थिएटरमा नाटक अभ्यास गरिरहेका कलाकार तथा नाटकका निर्देशक सिजन दाहालका अनुसार राजधानीमामात्र होइन राजधानी बाहिर पनि रंगमञ्च अब आउनु पर्छ भनेर आफूहरु लागेको बताए ।

एउटै हेर्नै पर्ने कथाबस्तु रहेकाले हेर्न आग्रह गर्दै उनले यो हेराइले दमकमा नाटकघरमा एउटा इटा थपिने र यसबाट यहाँ उत्पादन भएका कलाकार बाहिर जानु पर्ने अवस्था नआउने उनि बताउछन् ।

कदम थिएटरका महासचिव मोहन ढुंगाना (मेचीपुत्र) का अनुसार नाटक घर निर्माण एउटा सभ्यताको सूचक बनेर दमकमा खडा हुनेछ । यो दमकको गौरव गर्न लायक र कलाकारहरु दमक आउने माध्यम बन्ने उनि बताउछन् ।

दमकमा नाट्य संस्कृतिको विकासका लागि कदम थिएटरले पहिलो पटक बहुदिवशीय नाटक मञ्चन भएकाले यो नाट्य क्षेत्रमा दमकमा पहिलो कदम भनेर पनि ब्याख्या गरिन थालेको छ ।

उपेन्द्र सुब्बाको कथा मरिचेको चुपीलाई नवीन प्राचीनले नाटकीय रूपान्तरण गरेकाछन् । यसमा तिब्बत राई, चोमु पासाङ शेर्पा, सुवासचन्द्र खरेल, मौसम राई, देवीप्रसाद उप्रेती, सोहन लुइँटेल, नरेन्द्र लिम्बू, सुजन दाहाल, सुवास मुकारुङ र सन्दिप ढकालले अभियन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah