दमक, २७ फागुन–दमक बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा दुई मुख्य दलका विद्यार्थी संगठनवीच प्रतिष्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), जसपा र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूवीच तालमेल गरेको छ भने नेकपा (एमाले) निकट अखिलसहित नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनवीच तालमेल गरि निर्वाचनमा होमिएका छन् ।

नेविसंघबाट सोबिम न्यौपानेलाई सभापतिका उम्मेदवार बनाएको छ । राप्रपा निकट विद्यार्थी संगठन त्यागेर उनी नेविसंघ प्रवेश गरि स्ववियू सभापतिका उम्मेदवार भएका हुन् ।

राप्रपा निकट राप्रविसंघका पूर्व इकाइ सभापति तथा जिल्ला सहसचिव समेत रहेका न्यौपाने क्याम्पसका लोकप्रिय विद्यार्थी नेता मानिन्छन् । न्यौपानेलाई कांग्रेस जिल्ला उपसभापति शेरबहादुर भट्टराई, नगर सभापति प्रकाश प्रसाईँ सहितका नेताहरुले स्वागत गरेका थिए ।

दमक बहुमुखी क्याम्पसका स्ववियू कार्यवाहका सभापति समेत रहनुभएका अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) दमक नगरका युवा नेता रोशन भण्डारीका अवनुसार कांग्रेस निकट नेविसंघबाट सभापतिमा न्यौपानेसहित सचिवमा जसपा निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको तर्फबाट दिपक मादेन र कोषाध्यक्षमा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट रविन अधिकारी उम्मेद्वार छन् ।

यता, एमाले निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंघवीच तालमेलबाट अखिलले स्ववियू सभापतिमा निशेष राई (नितेस), राप्रविसंघबाट सचिवमा रविन ढकाल र क्रान्तिकारीबाट कोषाध्यक्षमा उमा राईको उम्मेद्वारी दिएका छन् ।

अखिलबाट सभापतिसहित ३ सदस्य, राप्रविसंघले सचिवसहित ३ सदस्य र क्रान्तिकारीले कोषाध्यक्षसहित २ सदस्य लिने सहमति भएको छ ।

स्ववियूमा ११ जना भने प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन भने १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दमक बहुमुखी क्याम्पसको स्वबियूमा यस अघि पनि नेबिसंघले सभापति जितेको थियो । यस क्षेत्रको ठूलो शैक्षिक संस्थाको रूपमा दमक बहुमुखी क्याम्पस रहिआएको छ । यस पटकको निर्वाचनमा करिब ३ हजार २ सय बिद्यार्थी मतदाताका रूपमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah