दार्चुला

दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन्। महाकाली नगरपालिका-७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका-८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी छन्। भाटको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम छ। त्यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक महाकाली नगरपालिका-४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah