जिल्ला समन्वय समिति (जिसस) काठमाडौंको आइतवार सम्पन्न निर्वाचनबाट नेकपा एमालेको प्यानल विजयी भएको छ ।

९ सदस्यीय जिल्ला समन्वय समितिको संयोजकमा एमालेका शिवराज वैद्य र उपप्रमुखमा सरिता दाहाल निर्वाचित भएका छन् ।सदस्यहरुका रघुनाथ तिमल्सिना,कृष्ण लम्साल,साबित्रा भट्टराई, उद्धब भण्डारी,पान्देन लामा,तेजिला थापा र शीला चर्माकार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नवनिर्वाचित प्रमुख वैद्यले १५ मत पाउँदा कांग्रेसका शशिराज गिरीले ७ मत पाएका थिए । जिल्लाका ११ स्थानीय तहमध्ये एमालेले ७ प्रमुख र ८ उपप्रमुख सहित १५ सिट जितेकाले १५ मत पाएको हो ।

 

रामेछाप जिल्ला समन्वय समितिमा एमालेले संयोजक र उपसंयोजकसहित प्यानल बिजय भएको छ । ९ सदस्यीय जिल्ला समन्वय समितिमा सबै सदस्य एमालेका निर्वाचित भएका छन् ।

एमालेबाट प्रमुखमा प्रेमवहादुर खड्काले ९ मत पाए भने उपप्रमुख दीपा पाख्रिनले पनि ९ मत पाइन् । कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारले ७ मत पाएका छन् । जिल्लाका ८ स्थानीय तहमध्ये एमालेले ५,माओवादीले २ र
कांग्रेसले एक तह जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah