काठमाडौ । पशुपतिशमशेर राणा अलगभएसँगै राप्रपा अध्यक्ष कमल थापाले पार्टी कार्यकर्तालाई विचलित नहुन आह्वान गरेका छन् । आइतबार पशुपतिशमशेरले  नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै थापाले पार्टी फुटबाट कसैलाई विचलित नहुन आह्वान गरेका हुन् ।

नेता राणाले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको केही घण्टापछि आफ्नो ट्वीटर अकाउन्टमा थापाले लेखेका छन्, ‘ एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण । अधिकांश हस्ताक्षर नक्कली । बिचलित नहुन कार्यकर्तालाई आह्वान ।’ थापा निकट एक नेताले पशुपति शमशेरहरु महाधिवेशनताकै हस्ताक्षर संकलन गर्ने केन्द्रीय सदस्यको सूची ल्याउने लगायत गतिविधि गर्दै आएको बताएका छन् ।

नेता राणाले आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले २२ जना सांसदको हस्ताक्षर गराएको बताइँदै छ । हाम्रा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah