रसुवा : रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएराति पहिरो गएर ८ घर पुरिँदा ४ जना वेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका सेनाले जनाएका छन् ।

पहिरोमा वेपत्ता हुनेमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नातिनी र ७८ वर्षीय भक्तबहादुर नगरकोटी रहेका छन् । वेपत्ताको खाजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमिन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

आइबार राति ११ बजे आएको पहिरोमा पर्नेहरुको उद्धार गर्न नुवाकोटको श्रीनाथ गणबाट सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना सेनाको टोली घटनास्थल गएको थियो । केहीको रातिनै उद्धार गरिएको र बिहान पुन उद्धार र बेपत्ताको खाजी सुरु गरिएको प्रमुख सेनानी रोहति गुरुङले बताए।

बस्तीमाथिबाट आएको पहिरोले ८ घर पुरिएको स्थानीयबासीले बताएका छन् । पहिरोले पुरिएका कारण घटनास्थल पुग्न बाटो बनाउँदै जानुपर्ने भएकाले पनि उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah