बारा–२, तनहुँ–१ र चितवन–२ मा आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरू भएको छ।
मतदान सुरू हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गएराती १२ बजेदेखि मौन अवधि लागु गरेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था छ।

सो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्टि आदि गर्न पाइने छैन।

साथै उम्मेदवारको पक्षविपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताविपरित वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामाग्री प्रसारजस्ता काम नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएपनि मौन अवधिमा तोकिएको आचारसंहिता देशभरि नै लागु हुनेछ।

‘जुन ठाउँमा रहे पनि उपनिर्वाचनका उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न र उनीहरूको विषयमा प्रचारप्रसार गर्न पाईँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah