हालै अमेरिका र दक्षिण कोरियाले सम्झौता गरेपछि उत्तर कोरिया आक्रोशित बनेको छ ।
उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी किम यो जोङले सम्झौतापछिको अवस्थाले झन् खतरनाक मोड लिनसक्ने चेतावनी दिइन् ।
जोङलाई उत्तर कोरियामा प्रभावशाली नेत्री मानिन्छ । उनी देशको सर्वाेच्च कमिटीकी वरिष्ठ सदस्य हुन् ।
उत्तर कोरियाका मिडियाका अनुसार यो जोङले अब परमाणु क्षमता बढाएर मजबुत बनाउने बताइन् । उत्तर कोरियाको परमाणु खतरा रोक्न अमेरिकाले दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्ने सम्झौता भएको छ भने सोलको परमाणु कार्यक्रममा अमेरिकाले सहयोग गर्नेछ ।
छिमेकी देश दक्षिण कोरियामा अमेरिका घुस्ने भएपछि उत्तर कोरियाले आपत्ति जनाएको छ । यसैहप्ता अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योत्सबीच भएको सम्झौतालाई ‘वाशिङ्गटन घोषणा’ नामकरण गरिएको छ ।



