नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइँदैछ।

बुधबार साँझ बुटवलबाट पक्राउ गरिएका सन्दीलाई काठमाडौं ल्याउदै गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेरसिंह कडायतले उकेरालाई जानकारी दिए।
कडायतका अनुसार टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजिरहेको छ।

सांसद् रायमाझी पक्राउ पर्नुभएको हो भन्ने उकेराको प्रश्नमा केन्द्रीय प्रवक्ता कडायतले भने, ‘उहाँ (टोपबहादुर रायमााझी) पक्राउ पर्नुभएको छैन, उहाँलाई हामी खोज्दै छौं तर छोरालाई चाहिँ काठमाडौं ल्याइँदैछ।’

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको हो।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ।

गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah