काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालालाई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ ।

महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका छन् । यसअनुसार अब महानगरले चेतावनी दिएजस्तो तार काटेर हैन, तार बन्डलिङ गरेर व्यवस्थापन हुनेछ ।

सडक र गल्लीको यात्रालाई आफैंमा नौलो अनुभवका रुपमा लिइन्छ । तर, सबैजसो भागमा लत्रेका र गुजुल्टिएका तारले यो शहरको मौलिक सौन्दर्य नियाल्नेहरुको आँखा नबिझाउने कुरै भएन ।
बिजुली र टेलिकमका पोलहरुमा बेरिएका यस्ता तारका गुजुल्टाले दमकलाई पनि यसरी घेरेको छ, मानौं दमक शहर नै तारको गाँठोभित्र छ ।

शहरमा यस्ता पोलमा बारम्बार लाग्ने आगोले पैदलयात्रीदेखि स्थानीयसम्म त्रसित बन्नुपर्ने अवस्था छ । यस्ता पोल र तार सहरभित्र पासोजस्तै बनेका छन् ।

दमकको लागि यस्तो भद्रगोल तार सादा पानामा मसीको धब्बा जस्तै बनेका छन् । शहरको सौन्दर्य र मौलिकपन समेत तारकै गुजुल्टोभित्र हराएका छन् ।

तारको जालो बढाएका इन्टरनेट, टेलिभिजन केबल प्रदायक र अन्य सेवा अपरेटरहरू तार टाँग्न पोल दिने निकाय नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग भाडा विवादमा अल्मलिएका छन् ।

तारसहितको इन्टरनेटको बढ्दो लोकप्रियताले पोलहरूमा तारको मात्रा बढदो छ । सेवा सुधार गर्ने प्रयासमा स्विच र रिपिटर बक्सहरू थप्ने काम भइरहेको छ । १ करोड ५ लाख ४६ हजार ग्राहक तारसहितका इन्टरनेट पहुँचमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको गत पुससम्मको तथ्यांकले देखाउँछ ।

अहिले निजी स्तरका इन्टरनेट सेवा प्रदायकको ग्राहक मात्र करिब ९५ लाख छन् । कोरोना महामारीपछि भरपर्दो इन्टरनेटका लागि तारसहितको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah