नेता पशुपतिशमशेर राणाले पार्टी फुटाएको तीन दिनपछि बसेको कमल थापा नेतृत्वको राप्रपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै सो पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सो पार्टीका वरिष्ठ नेता राणाले आइतबार २२ जना सांसद र केही नेतासहित राप्रपा प्रजातान्त्रिक नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् ।



