चुलाचुली/ प्रतिनिधि सभामा दर्ता हुन लागेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै इलामको चुलाचुली गाउँपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम बन्द ( पेन डाउन) गरेका छन ।

विधेयक सच्याउन माग गर्दै गाउँपालिका परिसरमा केही समय धर्ना दिँदै उनीहरूले शुक्रबार ‘पेनडाउन’ गरेका हुन ।
सो पालिकाबाट राम मिश्र काठमाडौं केन्द्रित आन्दोलनको नेतृत्व गर्दै गएका छन पालिकामा कार्यरत स्थानीय तहमा कार्यरत अन्य कर्मचारीहरुले भने पालिकामानै दबाब स्वरुप आन्दोलनको कार्यक्रमलाई अघि बढाएका हुन ।

हातमा कालो पट्टी बाँधेर कालो ब्यानरसहित उनीहरु अत्यावश्यक बाहेकका काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन । स्थानीय तह कर्मचारी संघका इकाई सचिव डिल्लीराम खडकाले आन्दोलनका केन्द्रिय कार्यक्रम अनुसार आफूहरु चुलाचुलीमा पनि पेन डाउनमा उत्रिनु परेको बताए ।

निजामती सेवा विधेयकमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउने प्रस्ताव गरिएको छ । तर स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ । त्यस्तै संघीय निजामती सेवा एकीकृत निजामती सेवा ऐन ल्याइनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेटनु पर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ती बिकासको व्यवस्था गरिनुपर्ने, कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने लगायतका ११ बुँदे माग गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah