काठमाण्डौ – दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरिएपनि यस वर्ष घटस्थापना शुरु हुन सात दिन अघि मात्रै बाँकी हुँदा खुलेको हो ।

गएको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ । हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला काठमाण्डौबाट हजारौँ यात्रु बाहिरिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah