काठमाण्डाै – नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम समझदारीमा हिजो हस्ताक्षर भएको हो ।

जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबीच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । त्यसअघि शुक्रवार युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

श्रम समझदारी अनुसार जर्मनीमा रोमानियामा जसरी श्रम स्वीकृति नभइ अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । जर्मनीमा जाने प्रशिक्षार्थी श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुुला गरिएको छ ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जर्मनीको आन्तरिक श्रम कानुनले श्रमिकलाई दिएको अधिकार विश्वमै उदाहरणीय भएको र त्यहाँका नागरिकसरह नेपालसहित आप्रवासी श्रमिकले सेवा सुुविधा पाउने व्यवस्था रहेको जानकारी दिनुुभयो ।

जर्मनी सरकारसँग भएको श्रम समझदारी अनुसार सरकारीस्तरबाट आवेदन माग गरेर पठाइने छ । समझदारीसँगै जर्मनीमा नेपाली श्रमिक जानका लागि बाटो खुुले पनि कार्यान्वयनमा लैजानका लागि केही तयारी नेपाल सरकारको तर्फबाट गर्नुुपर्ने देखिएको सहसचिव पोखरेलको भनाइ छ ।

जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिले जर्मनीमा झण्डै आठ हजार नेपाली बसोबास गर्दै आएका छन् । तीमध्ये धेरैजसो उच्च शिक्षा अध्ययनका लागि पुगेर पछि त्यहीँ काम गर्न थालेका छन् । पछिल्लो समय युरोपेली देशमा नेपालीको आकर्षण बढ्दै गएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah