पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापा खण्ड संचालन हुने निजि तथा सार्वजानिक सवारी साधनहरु तिव्रगतिमा कुदने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कार्तिकको पहिलो साता झापाका विभिन्न स्थानहरुमा संचालन गरेको सवारी गति मापन अभियानका क्रममा यस्तो अवस्था पाइएकोे हो ।

प्रहरीले गएको कार्तिक २ गतेबाट झापामा संचालन गरेको उक्त अभियानका क्रममा सयभन्दा बढि ठुला तथा साना सवारी साधनहरुलाई कारवाही समेत गरेको जनाइएको छ । पूर्वक्षेत्रिय ट्राफिक प्रहरी कर्यालयले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले झापाबाट अभियान शुरु गरेको हो ।

सवारी साधनहरुको गति मापनगर्ने राडर गनको प्रयोग गरेर थालिएको अभियानका क्रममा सवारी नियामावलीले उल्लेख गरिएभन्दा पनि फरक किसीमले धेरै सवारी साधनहरु तिव्रगतिमा चल्ने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।

damak_police

सवारी नियम अनुसार चारचक्के ठुला तथा साना सवारी साधनहर अधिकतम ७० सम्ममा कुदनुपर्ने उल्लेखगरिएको भएपनि चेकजाँचका क्रममा १०२ सम्मको स्पीड पाइएको प्रहरीले जनाएको छ । यसैगरि मोटर साईकलले ५० र टयाक्टर तथा स्कुटीले ४० को स्पिडी लिन पाउने प्रावधान गरेको छ । यसमा पनि सडकोे अवस्था, शहरी तथा धना बस्ती जस्ता ठाँउमा अवस्थाहेरी सो भन्दा कम स्पिडमा सवारी संचालन गर्नुपर्ने उल्लेख छ । तर झापा ट्राफिक प्रहरीले संचालन गरेको सो गतिमापन चेक जाँच अभियानका क्रममा हाल सम्म १ सय १२ वटा ठुला तथा साना सवारी साधनहरु तिव्रगतिमा कुदेको पाइएकाले कारबाही गरेको गिरीले जानकारी दिनुभयो ।

damak_police1

सवारी नियामावली अनुसार १ हजार ५ सय सम्म जरिवाना लिने प्रावधान रहेको भएपनि पहिलो पटक चेतावनी स्वरुप ५ रुपैया जरिवान लिएर छाडिएको प्रहरीले जनाएको छ । बढदो जनसंख्या थपिदो सवारी साधन अनि सागुरो सडकमा अत्याधिक गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेको प्रहरीको भनाई रहेको छ ।damak_police3

मुख्य राजमार्गको विच भागबाट दुवै किनारा सम्म ८२ /८२ फुट कायमगरिएको भएपनि मुख्य राजमार्गको विस्तार हुन नसक्दा २७/२८ फुटको सिमित कालोपत्रेमामात्र सवारी साधनहरु आवत जावत गर्नुपर्दा सागुरो सडकमा अत्याधिक गतिका कारण पनि बढि दुर्घटना हुनेगरेका छन ।

Hamro damak.com बाट सभार । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah