भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् ।
ग्यास ढुवानीका लागि भारतले बिस्फोटक लाइसेन्स नदिँदा नेपालीका करिब चार सय बुलेट थन्किएको छ ।
एलपी ग्यास उद्योग संघका अनुसार लाइसेन्स भारत सरकारले दिनुपर्छ ।
तर, नेपाली पक्षले पहन नगर्दा बुलेटहरु भारतमै थन्किएका छन् । खबर आजको कान्तिपुर दैनिकमा छ ।



