गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ । तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ । गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।chori

मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे । सामान झार्ने क्रममा आठ कार्टुन चुरोट गायब थियो । गोदाममा चारजना मिलेर सामान एक–एक हिसाब राखेरै अनलोड गरे । मिनीटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्याए । गाडी कतै रोकिएको पनि थिएन । तर, बाटैमा सामान रहस्यमय तरिकाले हरायो । हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो ।

सुरुमा त उनीहरूले सामान कतै खस्यो होला भन्ने आँकलन गरे । तर, गाडीको पछाडिको ढोका बन्द नै थियो । कतै खस्ने सम्भावना पनि थिएन । कम्पनीका प्रबन्धकहरूले विश्वकर्मा र खड्काले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्नुपर्ने बताए । तर, उनीहरूले आफूहरूले विनागल्ती त्यति धेरै पैसा तिर्न नसक्ने बताए ।

दुई दिनसम्म पनि रहस्यमय बनेपछि घटना प्रहरीकहाँ पुग्यो । उनीहरू गत १४ साउनमा उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकुमा पुगे । महाशाखामा केही दिनअघि मात्र त्यस्तै किसिमको अर्काे उजुरी आएको थियो । कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा पटक–पटक चुरोट हराएको थियो । चुरोट त्यसैगरी बाटैबाट हराएको थियो ।

सूर्य चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिल शाहीलाई सडकको सिसिटिभीका आधारमा १६ साउनमा प्रहरीले पक्राउ गर्यो । उनले आफूले एक कार्टुन सूर्य चुरोट चोरी गरेको र त्यो ठमेलमा लगेर बिक्री गरेको स्विकारे । त्यसपछि महाशाखाका इन्स्पेक्टर भरत थापाले सोधे, ‘मार्लबोरो चुरोट खै त ?’ मार्लबोरो चुरोट पनि उनैले चोरी गरेको प्रहरी अनुमान मात्र थियो । प्रहरीको अनुसन्धान शैली सही ठहरियो । सो चुरोट पनि आफैँले चोरेको र हात्तीवनमा चिनजानका व्यक्तिको घरमा लगेर लुकाएको शाहीले स्विकारे । नभन्दै प्रहरीले चोरी भएको आठ कार्टुन मार्लबोरो चुरोट नै त्यहाँबाट बरामद गर्यो । सो चुरोट चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित भए, उनीहरु गाडीको पछाडी स्कुटरमा हुने र गाडीको गति कम हुँदा चुरोट चोरी गर्ने गर्थे, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah