काठमाडौं – आजदेखि घरेलु मैदान कीर्तिपुरमा नेपालले क्यानडासँग तीन खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ। सिरिजको पहिलो खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर मैदानमा सुरु हुँदैछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टोली तयार रहेको बुधबार पत्रकार सम्मेलनमा बताइएका छन्।

यस्तै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताएका छन्। उनले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्न सबै उत्साहित रहेको बताएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज, (माघ २५), माघ २७ र २९ गते हुने सिरिजका लागि नेपालले यसअघिकै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपालसँग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।

रोचक त के छ भने क्यानडाका प्रशिक्षक पुबुदुसमेत नेपालका सफल पूर्व प्रशिक्षक हुन्। मोन्टीले नेपाललाई विश्वकपसम्मको यात्रामा पुर्याएका छन्। नेपालका लागि सफल बनेका दुवै प्रशिक्षकको प्रतिस्पर्धाका रुपमा यो सिरिजलाई हेरिएको छ।

क्यानडासँग खेल्ने नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah