झरी र प्रतिकुल मौसमको कारण देखाउदै गौरीगँज गाउपालिकाले आजदेखि शुरु गर्ने भनिएको गाउसभा स्थगित गरिएको छ ।विहान ११ वजेदेखि शुरु हुने भनिएको गाउसभामा दिउसो २ बजे सम्म काँग्रेसका निर्वाचीत २२ जना जनप्रतिनिधिहरु देखा परेनन् ।
दिउसो २ वजेपछी एकै पटक गाउपालिका छिरेका काँग्रेसका निर्वाचित जनप्रतिनिधिहरुले प्रतिकुल मौसमका कारण सभा स्थगित गरिपाउ भनि गापा प्रमुख बाबुराजा श्रेष्ठ सामु निबेदन पेश गरेका थिए ।”प्रतिकुल मौसमका कारण किस्नी पुर्वका प्रतिनिधि आउन सक्दैनन् त्यसैले स्थगित गरिपाऊ भनि निवेदन दिएका हौँ “- वडा नँ २ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले भने । निवेदनमा प्रतिकुल मौसमलाई कारण वताईएपनि किस्नीपारीवाट दुई वटै वडाका दसैजना प्रतिनिधी को उपस्थिती देखिएको थियो ।काँग्रेसी जनप्रतिनिधि हरुले मौसमको कारण देखाएपनि काँग्रेस का निर्वाचित २२ जना जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण सभा स्थगित गरिएको वुझिएको छ ।
गत साउन २२ र २५ गते वसेको गाउपालिकाको वैठकमा जन निर्वाचित २२ जनै प्रतिनिधिहरुको सहमतिमा २७ ।गते गाउसभा वस्ने निर्णय सहित कार्य तालिका समेत पारित गरेको थियो ।आज गाउसभा ११ बजे देखि शुरु गर्ने भनिएपनि काँग्रेसका निर्वाचित बाईसै जना जनप्रतिनिधिहरु वडा कार्यालय खजुरगाछीको सभाहलमा आन्तरिक छलफलमा जुटेका थिए । दिउसो दुई वजे सम्मपनि उनिहरुको आन्तरिक विवाद नमिलेपछी सभा स्थगित गराउने निवेदन तयार गरिएको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार गत २५ गतेको गापाको बैठकमा समितीको अधिकार वाडफाड हुदा वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादवले आफुले सामाजिक विकास समिती मागेका थिए तर बैठकले सामाजिक विकास समिती मखना महतोलाई दिएर उनलाई आर्थिक समितीको सँयोजक तोकेको थियो । आफुले सामाजिक समिती नपाएपछी यादवले सो वैठकको माईन्युट मा नोट अफ डिसेन्ट लेखेर वाहिरिएका थिए ।
काँग्रेस जनप्रतिनिधि हरुको यहि विवादका कारण आजको गाउसभा भाँडिएको श्रोतले जानकारी दिएको छ ।२२ जना मध्ये ११ जना काँग्रेस जन प्रतिनिधिहरुको हस्ताक्षर सहितको सभा स्थगित सँवन्धी निवेदन आएपछी गापा प्रमुख बाबुराजा श्रेष्ठले प्रतिकृया दिदै काँग्रेसका जनप्रतिनिधीको यो निर्णयले गौरीगँजका सँपुर्ण विकास निर्माणमा नकारात्मक असर पर्ने कुरा बताएका छन् । उपप्रमुख दिपिन्द्र थापा यस बारे प्रेसलाई कुनै प्रतिकृया दिन मानेनन् ।
सभा स्थगितको निर्णय पछी एमाले बाट निमन्त्रित प्रतिनिधि श्याम ढकालले काँग्रेसको यो कार्य जनता विरोधी भएको प्रतिकृया दिएका छन् । त्यसैगरी फोरम लोकतान्त्रिकका तर्फवाट गँगा राजवँशीले सबै तयारी पुराभई सकेको अवस्थामा काँग्रेसले सभा स्थगित गराएर आफ्नो जन विरोधी चरित्र देखाएको प्रतिकृ़या दिएका छन् ।
“उनिहरुको आन्तरिक विवाद मिलेको थिएन भने गाउसभाको मिती र कार्यतालिका पारित गर्ने निर्णयमा उनिहरुले किन हस्ताक्षर गरे ? – उनले प्रश्न उठाउदै एक जनाको कारणले सारा गौरीगँजवासीले दुख पाएको कुरा समेत वताएको छ । गाउपालिकामा अहिले २२ सिट सहित काँग्रेसको बहुमत छ भने माओवादीको ६ एमालेको ३ र राप्रपाको १ सिट छ । गाउसभा स्थगित भएपछी सभाको तयारीमा गौरीगँज गापाले खर्च गरेको लगभग रु १ लाख खेर गएको छ ।गौरीगन्ज पोर्टलबाट साभार



