इटहरीका बिभिन्न वडाहरुमा ४ फिट सम्मको बाढी आएपछि यहाँको जनजिवन त्रस्त बनेको छ । सुनसरी र मोरङको सिमामा पर्ने बुढी खोला र टेग्रा खोलमा आएको बाढी बस्ती तर्फ छिरेपछि यति बेला ४ फिट सम्म पानी घरघरमा पसेको हो । राती २ बजेदेखी बाढी बढेर बस्ती तर्फ छिरेपछि इटहरीवासी निदाउन सकेका छैनन । कतिपय घरका सम्पूर्ण सामान बाढीका कारण नष्ट भएका छन ।

घरको छत र रेलिङमाको साहारामा सर्वसाधरणहरु उद्धारको आशमा छन । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली इटहरीका बिभिन्न स्थानमा पुगेर उद्धारको कार्य जारी राखेको छ । तर न्यून सुरक्षाकर्मीको कारण यति बेला सबै स्थानमा सुरक्षाकर्मी पुग्न सकेका छैनन । नेपाल टेलिकमको एनटिसी सेवा अबरुद्ध बनेपछि उद्धारमा झन कठीनाई बनेको छ । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन । बुढि खोलाको बाढीले नजिकैको गैरी गाउँका ३० बढी घर बगाएको छ । मानिससमेत बगाएको शंका गरिएको छ । पानी नरोकिएको कारणपनि इटहरीमा बाढीको सतह बढ्ने अनुमान गरिएको छ ।

Image may contain: plant, night, tree, outdoor and nature

बाढीबाट इटहरी वार्ड नं. ४, ५, ६, ७ लगायत अधिकान्श वडा पुर्णरुपमा डुबेका छन । यस्तै सुनसरीको रामधुनि नगरपालिका, इनरुवा मोरङ र झापाका बिभिन्न स्थानहरु पनि जलमग्न बनेका छन । यस्तै कोशी नदीमा पनि पानीको वहाव बढेको छ । प्रशासनले त्यस क्षेत्रमा पनि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सुनसरीको चतरा बाध उच्च जोखिममा परेको छ । चतरा बाध फुटेको हल्ला निराधार भएको समेत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah