लगातरको बर्षाले झापा जिल्लाका अधिकाँश क्षेत्रहरु डुबानमा परेकाछन् । कतिपय गाँउपालिकाहरुमा स्थानीयहरु घरको छतमा बसेर ज्यान जोगाइरहेको बताईएको छ । झापाको दमकमा रतुवा र दीपेनीले क्षति पुर्याइरहेको छ । सयौ घरहरु डुबानमा परेकाछन् । दमक १० मा सबैभन्दा बढि पानी पसेको बताइएको छ ।
बिर्तामोड जलमग्न भएको छ । यता गौरादहको कोहवरामा बाँध फूटेको ठाँउबाट पानी बस्तितर्फ जाँदा जोखिम बढेको बताईएको छ । मेचीको भैसीबारीमा पानी बाढीको ठूलो प्रभाव परेको छ । राजगढ डुबान भएको बनेको छ ।
झापा गाँउपालिकामा पनि समस्या रहेको बताईएको छ । कमल गाँउपालिकाको क्याम्पा लगायतको क्षेत्र डुबानमा परेको खबर प्राप्त भएको छ । गौरीगन्ज गाँउपालिका पनि बिभिन्न बस्तिहरु डुबानमा परेकाछन् ।
अहिलेसम्म कहि कतैबाट ठोस विवरणहरु प्राप्त भएका छैनन् । टेलिफोनमा समस्या रहेका कारण सूचना पाउन मुश्किल बनेको हो । रेडक्रस झापाका सभापति लोकराज ढकालले झापामा उद्धारका लागि हेलिकप्टर आवश्यक भएको बताएकाछन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै झापामा खतरा भएको र उद्धारका लागि हेलिकप्टर तत्काल आवश्यक भएको जनाएकाछन् । बिभिन्न ठाँउमा अहिले घरको छतमा बसेर पीडितहरु उद्धारको पर्खाइमा रहेको जनाईएको छ ।



