जलविज्ञान र मौसम विज्ञान विभागले अझै शक्तिशाली बाढी अाउने सम्भावना रहेकाे जनाएकाे छ। विभागले स्थिति भयावह हुनसक्ने जनाउँदै सम्बन्धित निकायलार्इ सचेत गराएकाे छ। शुभदिन अनलाइनले समचार लेखेको छ ।

भू-उपग्रहबाट लिइएकाे तस्वीर सार्वजनिक गर्दै विभागकाे अाधिकारीक ट्वीटरमा ट्वीट गरिएकाे छ, ‘बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासीमा हार्इ अलर्ट।’ विभागका अनुसार साेमबार बिहान नारायणी नदी पनि खतराकाे चिन्हभन्दा माथि जानसक्छ। आसपासका क्षेत्रका नागरिकलार्इ सतर्क रहन विभागले अाग्रह गरेकाे छ।

आइतबारदेखि मनसुन मध्य क्षेत्र र पश्चिम क्षेत्रमा केन्द्रित भएको मौसम विभागले जनाएका छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आइतबार बिहानदेखि मध्य र पश्चिमका क्षेत्रमा मनसुन केन्द्रित भएको जनाएका हुन्।

उनका अनुसार भैरहवा, कपिलवस्तु, नवलपरासी, दाङ, सुर्खेत, बाँके, बर्दिया, कञ्चनपुरतर्फ मनसुन केन्द्रित भएकाे छ। पूर्वमा मनसुनकाे असर कमजोर भएकाे उनले बताएका छन्।

‘केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे छ,’ उनले भने। महाशाखाका अनुसार सिमरामा २१७ दशमलव २, नेपालगञ्जमा १६९ दशमलव ३ र दाङमा १६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्म आएपछि शनिबार देशैभर भीषण वर्षा भएको विभागले जनाएकाे छ। माैसम पूर्वाधार महाशाखाका अनुसार अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका बबई नदीमा पानीको सतहले खतराको चिन्हभन्दा माथि गएकाे छ।

नारायणी, काेशीसँगै झापाका कनकार्इ, मेची, निन्दा, टाङटिङ र बिरिङ तथा पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउखोला, विनयखोला, अरुण खोला, तिनाउ, वाणगंगा र पश्चिमका मछेली, मोहना, बबई तथा अन्य साना खाेलामा पनि जलाधार खतराको चिन्ह पार गरेकाले सचेत रहन अाग्रह गरेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah