सरोज भट्टराई
तीन दिनदेखि आएको अविरल बर्षाले झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ विष्णुढुब्बाका ३८ घर परिवार विस्तावित बनेका छन् । कनकाई नदिनमा ३ करोडको लगानीमा निर्माण गरिएको जनताको तटबन्द नदिले फुटाएपछि सो क्षेत्रका बासिन्दा विस्तावित बनेका हुन् । नदिले तटबन्ध फुटाएपछि नदिको आधा भङ्गालो गाउँ पसेको छ ।
करिव ५० मिटर नदिले तटबन्ध कटान गरी फुटाएको छ । विस्तापित परिवार स्थानीय कनकाई आधाभुरत विद्यालयमा आश्रय लिएर बसेका छन् । नेपाली सेना र जनपथ प्रहरीले बाढीमा फसेका मानिसहरुलाई उद्धार गरिरहेको इलाका प्रहरी कार्यलयका प्रहरी उपरिक्षक कुन्दन देवले जानकारी दिए ।
त्यस्तै दूधे शिवगञ्ज सडक सतासीखोलामा आएको बाढीले भत्काउँदा यातायत आवत जावत बन्द भएको छ । शिवगञ्ज स्थित सतासी खोलाको पुल बाटो कटान गरेपछि यातायत बन्द भएको हो । यातायत बन्द भएपछि दक्षिणी क्षेत्रका बासिन्दा मार्कामा परेका छन् ।



