बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक चिसापानी रबि सडक निर्माणमा देखिएको ढुङ्गाको समस्या सामधान भएको छ । निर्माण ब्यवसायिले ढुगांको समस्याका कारण सडक निर्माणको काम नै अवरोध हुने अवस्था आएको बताउदै निर्माण उपभोक्ता समितिलाइ समस्या सामधानका लागि पहल गरिदिनका लागि आग्रह गरेको थियो ।

दमकको रतुवा खोलाको किनार नै किनार निर्माणाधिन रहेको यो सडकमा ढुगा झिक्नका लागि स्थानीयले अवरोध गरेपछि निर्माण ब्यवसायिले सडक निर्माण नै छाडेर हिड्नु पर्ने अवस्था आउको बताउदै आएको र आफूहरुले त्यहाँ गएर धार्मिक गुरु आत्मनन्द लिङ्देन सहितका अगुवाहरुसंग छलफल गरेर समस्या सामधान गरेको दमक चिसापानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताए ।

पुरीका अनुसार सडकमा सवारी साधन कुद्न नसक्ने भएकाले बाहिरबाट ढुगा ल्याउन नसकिने र यहाँको खोलाबाट ढुगा झिक्न समेत स्थानीय केहिले अवरोध गरेका कारण समस्या भएको पाइएको पुरीको भनाइ रहेको थियो । यस क्षेत्रमा निर्माण ब्यवसायिसंग पैसा असुल गरेरमात्र ढुगा उठाउन दिने नियत पनि कतिपयको हुनसक्ने बताइन्छ ।

पुरीका अनुसार दशै अगावै सडक शुचारु गर्ने गरी काम भइरहेको छ । निर्माण ब्यवसायिले भारतको झारखण्ड राज्यबाट कामदारहरु ल्याएर काम गराइरहेको पाइएको जनाउदै बिभिन्न ठाँउमा गएका पहिरो र अप्ठेरोहरुलाइ हटाएर सडक शुचारु गरिने छ । उत्तरी पहाडि जिल्ला जोड्ने सबैभन्दा छोटो यो सडक दूइ महिना अघिदेखि अवरुद्ध रहेको छ ।

धार्मिक गुरु आत्मनन्द लिङ्देनको चासो

इलामको लारुम्बाका किरात धर्मगुरु आत्मनन्द लिङ्देनले पनि सडक निर्माणप्रति चासो देखाउनु भएको छ । सामान्य भेषभुषामा नै पहिलो पटक सडकमा आएर अवलोकन गर्दै उहाँले सडक निर्माणमा कुनै अवरोध ल्याउन नदिने बताए । यस क्षेत्रमा उनले भनेको कसैले पनि काट्दैनन् ।

लिङ्देनलाइ भगवानको अवतारको रुपमा लिएर उनले भनेका कुराहरुलाइ यहाँ काटिदैन । धार्मिक गुरु लिङ्देनले भने–‘यो सडक नबन्दा धेरैलाइ सास्ति भएको छ, तपाइहरुको काम गर्नुहोस म यहाँ केहि समस्या आउन दिन्न ।’ लिङ्देनले कसैले अवरोध र समस्या ल्याएमा आफूलाइ भन्न आग्रह गर्दै उनिहरुलाइ सम्झाउने समेत जनाए ।

दमक रबी सडक अवरुद्ध बनेपछि उत्तरी पहाडि जिल्ला इलाम र पाँचथरका आधादर्जन भन्दा बढि गाँउपालिका बासिन्दाहरु नाकाबन्दिमा नै परेकाछन् ।

दमक रबी चिसापानी सडक निर्माण उपभोक्ता समितिका महासचिब हेमन्त राइका अनुसार खाद्यन्न लदगायतका अत्यआवश्यकीय सामाग्रिहरुको समेत अभाव हुनका साथै महगि बढेको छ ।

सडक सञ्चालन नहुदा र रतुवा खोलामा आएको बाढीका कारण यस क्षेत्रका बासिन्दाहरु झापा झर्न नपाउदा नाकाबन्दिमा नै परेकाछन् । अहिले बर्षाका कारण यस क्षेत्रका बासिन्दाले झनै कष्ठ भोग्नु परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah