नेपाल–भारत सिमावर्ती जोगवनी आसपासका क्षेत्रमा बाढीले बगाएर मृत्यू भएका १० जनाको शव फेला परेको छ । भारतीय प्रहरीका अनुसार उनीहरुको शव बाढी घटेपछि खोला किनारका खाल्डामा भेटिएको हो ।
विराटनगर १३ रानी शैनिक टोलका २० वर्षीय रोशन लुईंटेल, २५ वर्षीय मनोज पासवान, वडा नम्बर १२ का २० वर्षीय निश्चल घिमिरे छन् । अर्का एक नेपालीको नाम र ठेगाना नखुलेको भारतीय प्रहरीले जनाएको छ ।
सोही ठाउ“ आसपासमा ६ जना भारतीय नागरिकको समेत शव भेटिएको हो । भारतीय प्रहरीका अनुसार जोगवनी टिकुलिया बस्तीकी मैमुन खातुन, उनकी १४ वर्षीया छोरी गुलजारी खातुन, १२ वर्षीया अर्की छोरी फरिदा खातुनको शव डुबेको अवस्थामा भेटिएको जनाइएको छ ।
जोगवनी १० का ४० वर्षीय रामजी दास, जोगवनी १ का २२ वर्षीय अफरोज अन्सारी र टिकुलिया वस्तीका २५ वर्षीय शिवनाथ साहको शव बाढी र डुबान क्षेत्रमा भेटिएको जनाइएको छ ।