
काठमाडौं, ३० साउन – युरोपियन प्रेस एजेन्सीले नेपालमा बाढीले निम्त्याएको विपत्तिको एक हृदयविदारक फोटो कथा सार्वजनिक गरेको छ ।
सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको बाढीमा परेर मृत्यु भएपछि उनलाई पुर्ने जमिन समेत नहुँदा बाढीमै बगाइएको तस्वीर सार्वजनिक गरिएको हो । युरोपियन फोटो एजेन्सी इपिएका लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले ती फोटोहरु खिचेका हुन् ।
वर्षापछि सदा बाढीमा परेर बिते । परम्परा अनुसार उनलाई माटोमा पुर्नुपर्ने भएपनि पुर्ने ठाउँ नहुँदा उनलाई बाढीमै बगाइएको हो । बालकका काका देवकुमार सदाले उनलाई बाढीमै बगाइदिएका थिए । दुर्गम गाउँ कोइलाडीमा लगातार वर्षाका कारण बिरामी भएपछि कमलको मृत्यु भएको थियो ।

मृत्यु पछि बालकलाई समातेका बालकका काका
मृत बालकलाई लिएर बाढीमै गएका काका
भतिजलाई बाढीमा छोडिँदै

बाढीबाट फर्किंदै बालकका काका
बाढीमा बग्दै बालक



