जिल्ला समन्वय समिति झापामा नेकपा एमालेका प्रमुख, उपप्रमुखसहित नौ जना निर्विरोध निर्वाचित भएका छन् ।
एमालेका सोम पोर्तेल प्रमुखमा र उपप्रमुखमा मिना पराजुली निर्विरोध भएका हुन् ।
निर्वाचन तालिका अनुसार आइतबार भएको मनोनयनमा नेकपा एमालेको मात्र प्रमुख पोर्तेल, उपप्रमुख पराजुलीसहित सात जना सदस्य गंगा कार्की, पदम लिम्बू, मारागङ हास्दा, महिसलाल राजवंशी, चन्द्र सुब्बा, जुनु महरा र सुशिला अधिकारीको मात्र उम्मेद्वारी परेपछि निर्विरोध भएका हुन् ।
झापामा १५ स्थानीय तहका तीस जना मतदाता मध्ये १९ जना एमालेका रहेका छन् ।



