प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउन माग गरेको छ। सोमबार बसेको सचिवालय बैठकले विस्थापित परिवारलाई तत्काल आवास र एक लाख सहयोग उपलब्ध गराउन पनि सरकारसमक्ष माग गरेको छ।

बैठकले एमालेका सांसद तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुको एक महिनाको तलब पनि बाढीप्रभावितलाई दिने निर्णय गर्नुका साथै घर निर्माणका लागि ३ लाख अनुदान र ३ लाख निर्ब्याजी ऋण उपलब्ध गराउन पनि माग गरेको छ।

त्यसैगरी एमालेको केन्द्रीय सचिवालयको बैठकले बाढीपहिरो र डुबानप्रभावित क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणका लागि विशेष कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरेको छ।

एमालेले जिल्ला तहका आफ्ना नेताकार्यकर्तालाई उद्धार र राहतमा खट्न पनि निर्देशन दिएको छ। नेपाल खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah