कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा साेमबार उनीहरूले राहत बाँडेका हुन् ।

अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताए ।

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गरेका थिए । आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा परेका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गरेका थिए ।

त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघद्वारा जानकीनगर स्कुलस्थित ५० जना घरधुरी बाढीपीडितलाई राहत खाद्यान्न सामग्री वितरण गरिएको छ । खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, सोयाबिन, मसालालगायतको सामग्री रहेको छ । त्यस्तै मिल्सएरिया धर्मसंस्थामा बस्दै आएका बाढीपीडितलाई खानानास्ता समेतको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah