गतसातादेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर अहिलेसम्म १११ जनाको मृत्यु भैसकेको छ । गृहमन्त्री जनार्दन शर्माले व्यवस्थापिका संसद्को बैठकमा दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकका विभिन्न जिल्लामा गरेर १११ जनाको मृत्यु भइसकेको छ ।
उनकाअनुसार अहिलेसम्म ३५ जना बेपत्ता छन् भने दशौं हजार घर डुबानमा परेका छन् । सप्तरी, सर्लाही, बारा, सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा बढी क्षति पुगेको उनले जानकारी दिए ।
उनकाअनुसार अहिले तराइमा राहत तथा उद्धारमा सरकार जुटेको बताउँदै बाढीका कारण त्रिपाल राख्ने ठाउँसमेत नभएको बताए । उनले जताजतै बाढी आएकाले शव गाड्न नपाएर कोशीमा हेल्नुपरेको पनि बताए । मन्त्री शर्माले विगतमा भएका कतिपय सम्झौताले गर्दा अहिले डुबानको मार खेप्नुपरेको पनि बताए ।



