बाढी पीडितको स्थलगत निरिक्षणमा सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीतेन्द्र देव र वातावरण मन्त्री मिथिला चौधरीलाई सप्तरीमा हिँड्न सहज होस् भनेर जमिनमा ईटा बिछ्याइएको थियो ।

मन्त्री देव लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका हुन् भने चौधरी नेकपा संयुक्तबाट ।

सोमवार नै कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सोमवार नै आपूर्ति मन्त्री शिवनारायण मण्डलले जुत्ता खोलेर बाढी पीडितको उद्दारमा सक्रिय भएका थिए । तर सामाजिक सञ्जालमा मन्त्री देव र चौधरीको चर्को विरोध भइरहेको छ ।

‘मधेसका जनतामा उद्धार नपाएर रुवावासी छ, यी मन्त्रीलाई आफ्नो जुत्ताको चिन्ता छ । हेलिकप्टरबाट गएका यी मन्त्रीको जुत्ता जोगाउन हेर्नुस् भएको व्यवस्था’ सुरेश यादवले ट्वीटरमा लेखेका छन् ।

इट्टा बिछ्याइएकोमा गाली गरेंः मन्त्री चौधरी

वातावरणमन्त्री चौधरीले इट्टा विच्छ्याएकोका व्यबस्थापन गर्नेलाई आफूले गाली गरेको बताइन् । ‘म त किसानको छोरी हिलोमा हिँड्न दुख लाग्दैन, भुकम्पको समयमा पनि काठमाडौंमा सडकमै सुतेको हो,’ मन्त्री चौधरीले लोकान्तरसँग भनिन, ‘यो किन बिच्छ्याउनु भयो भनेर गाली गरेकी थिए ।’

मन्त्री चौधरीले बाढी पीडितहरुको अबस्था दयनिय भएको बताइन् । ‘मैले अस्तिको मन्त्रीपरिषद् बैठकमा पनि पानीको वोतल बाँढ्न माग गरेकी थिए, आजपनि त्यो कुरा उठाउँदै छु’ उनले भनिन्, ‘सप्तरीमा बसेर काम छैन, यहीँ (काठमाडौंमै) बसेर राहात सामान पठाउन दवाव दिएकी छु ।’

मन्त्री चौधरीले पीडितहरुको गुनासो सम्वोधन गर्न सरकार लागि परेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah