दमक उद्योग बाणिज्य संघले आफ्नो इतिहासमा नै पहिलो पटक अस्पताल सो सरह नै सेवा दिने उदेश्यले स्वास्थ्य शिबिरको आयोजना गर्ने भएको छ । आफ्नो २६ औ बार्षिकोत्सव तथा २७ औ स्थपना दिवसको अवसरमा आउदो भदौ १ र २ गते बृहत स्वास्थ्य शिबिर आयोजना गर्न लागेको बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताएकाछन् ।

साधरणसभा तयारी उपसमिति तथा स्वास्थ्य शिबिर ब्यवस्थापन समितिका संयोजक बिमल खतिवडाका अनुसार नोवेल मेडिकल कलेजका प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको ब्यवस्थापन र माछापुच्छ्रे बैको सहयोगमा स्वास्थ्य शिबिर हुन लागेको हो ।

जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्रीरोग, बाल रोग, मानसिक रोग, हाड जोर्नी तथा नशारोग, छाला तथा यौनरोग, नाँक कान घाँटी रोग, आखा परीक्षण तथा उपचार, दन्त सेवा, फोक्सो रोग, इसिजी, भिडियो एक्सरे र ल्यावको सुबिधा स्वास्थ्य शिबिरमा निशुल्क हुने खतिवडाले बताए । स्वास्थ्य शिबिर दमकको रेडक्रसको हलमा हुने छ ।

ब्यापारी तथा सर्वसाधरण सबैले यो सुबिधा लिन सक्ने बाणिज्य संघका दितिय उपाध्यक्ष युवराज घिमिरेले बताए । उनका अनुसार दूइदिनसम्म दमकमा नै आएर सम्बन्धित रोगका बिशेषज्ञहरुले सेवा दिनेछन् । यसको ब्यवस्थपकिय काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah