:२३ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित अनशनस्थलमै आयोजित पत्रकार सम्मेलनमार्फत् डा. केसीले अनशन स्थगित गरेका हुन् ।

 चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राख्दै  अनसन बसेका केसीले बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकाले देशको वर्तमान संकटलाई ध्यानमा राख्दै अनशन स्थगित गरेको जनाएका छन् ।

केसीका माग चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भएका छन् ।आईओमका डिनले सिफारिस गरेकाहरुलाई सहायक डिन नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको छ ।

 त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ । साथै आईओएमको स्वायत्ततासम्वन्ध अध्ययन गरेर सुझाव दिन गठन भएको कार्यदलले दिएको रिपोर्ट पनि त्रिवि सिनेटमा पेस गर्ने पनि सहमत भएको छ । केसीले अनसन तोड्नु अघि चिकित्सा शिक्षा विधेयक भने पुरा भएकाे छैन् ।

पत्रकार सम्मेलनमा डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमानको संकट समाधान हुने बित्तिकै पुनः अनशन सुरु गर्ने जनाइएको छ । डा. केसीले त्यसअघि नै आफ्ना माग पूरा गर्न पुनः आग्रह गरेका छन् ।  अनशन स्थगित गरेपछि डा. केसीलाई आईसियुमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah