बिष्णुप्रसाद पोखरेल

पाथिभरा चलचित्र मन्दिरका सञ्चालक तथा चलचित्र बितरण गर्ने कम्पनी एफ.डि. कम्पनीका पूर्वाञ्चल प्रमुख चैतन्य बरालले चलचित्र संरक्षण हेर्न आग्रह गर्नु भयो । उहाँले साँझको समयमा बसेर चलचित्र हेर्नलाइ केहि ब्याक्तिलाइ बोलाएको बताउदै हेर्नका लागि आग्रह गरेपछि चलचित्र हेरियो ।

दमकमा चलचित्रको युनिट आएर नै पत्रकार सम्मेलन गरेर लामो समय लगाएर चलचित्र बनाएको र डेढ करोडभन्दा बढि खर्च गरेको बताएको थियो । अझ पत्रकारको भूमिका पनि रहेको उल्लेख रहेको छ । यो भएर पनि चलचित्र हेर्नका लागि मन लागेको थियो । चलचित्रको शुरुवात नै एकजना मधेशी नेताको भाषणबाट भयो ।

कलाकार रमेश रञ्जन झाको डाइलग ‘मधेशको स्वामित्व ग्रैह मधेशीको हातमा जान सक्दैन अब मधेशीहरुको सत्यलाइ स्वीकार गरिनै पर्छ जय मधेश’ बाट शुरु भएको चलचित्र निक्कै सस्पेन्ड रहेको छ ।

मधेश आन्दोलनलाइ दर्शाउन खोजिएको छ । आन्दोलनमा कसरी घूसपैठ हुन्छ ? प्रहरीहरुको मिलेमतो कसरी हुन्छ ? नेताहरुले जनतालाइ कसरी उकास्छन् भन्ने चलचित्रमा देखाइएको छ । समाजमा रहेका केहि असल पात्रहरुलाइ पनि भूमिका दिइएको छ । तर मधेश आन्दोलनमा अगुवाइ गरेकाहरुको पृष्ठभूमिलाइ अपराधिकरणसंग जोडिएर हेरिएको पाइन्छ ।

शुरुवातमा मधेशी नेताहरुसंग मिलेर कमाउन पल्केका डिएसपी (सौगात मल्ल)को भूमिका महत्वपूर्ण रहेको छ । शुरुमा नकारत्मक भूमिकामा रहेका उनि जब सकारत्मक भूमिकामा देखिन्छन् फिल्मले नयाँ मोड लिन्छ ।

अन्त्यमा एउटा होलीको कार्यक्रममा अपराधिकरणको पृष्ठभूमि भएका अधिकाँश नेताहरुको प्रहरीले हत्या गर्छ र एकजनामात्र बच्छन् जसलाइ हतकडि लगाइन्छ । र अन्त्यमा नयाँ पुस्तालाइ आन्दोलन हाक्न तथा आफूले गलत तरिकाले मुद्धाहरु उठाएपनि मुद्धा सहि भएको भन्दै लाग्न प्रेरणा दिएपछि चलचित्र सकिन्छ । सरसरति कथा बस्तु यस्तो रहेको छ ।

मलिना जोशि पत्रकारको भूमिकामा रहेकीछन् । उनि बिदेश पढ्नका लागि जान तयार रहेकी हुन्छिन् । एक महिना बाँकी हुन्छ र त्यो समयमा उनि मधेशमा भएको आन्दोलनको रिर्पोटिङ गर्न चाहान्छिन् । उनि आन्दोलन चलिरहेका बेला बिरगञ्ज आउछिन् । जून समयमा एकजना त्रिपाठी थरका नेतालाइ मधेश आन्दोलनकै अगुवा गरेका एक नेताको निर्देशनमा मारिएको हुन्छ । बिरगञ्ज तनावमा रहेको हुन्छ ।

पछि तिनै नेता मन्त्रि बन्छन् । प्रहरीले थाहा पाएर पनि पक्राउ गर्न सकेको हुदैन । जातीय नारा दिएर मानिसहरु उचालेका कारण प्रहरी निरिह बनेको हुन्छ । पुरा एसपि हाटाएर एसपी खरेललाइ सरकारले यहाँ पठाउछ । उनि प्रति जनताको बिश्वास हुन्छ र उनलाइ बिश्वास गर्छन् । डिएसपीलाइ सस्पेन्ड गर्छन् र सवक सिकाउछन् । पछि तिनै डिएसपी थारुले पनि खरेललाइ साथ दिन्छन् ।

मन्त्रि बनेपछि एउटा समचार प्रकाशित हुन्छ । जून समचार पत्रकारले गरेकी हुन्छिन् । हत्या आरोपी ब्याक्ति मन्त्रि भएको समचार आएपछि खैलाबैला मच्चिन्छ । पत्रकारलाइ मार्नका लागि तथा सच्च्याउनका लागि आसेपासेलाइ नेताले पठाउछन् । जब नेताले हात हाल्छन् त्यो समय आएर तिनै नेताले आफ्नो छोरी भएको सस्पेन्ड खोलिदिन्छन् ।

अन्तयमा प्रहरीले सबै भ्रष्ट र मधेशमा आगोबाल्ने नेताहरुको इन्काउन्टरको योजना बनाउछ । होलीको बिशेष पार्टीमा सबै एकठाँउमा भेला भएको अवस्थामा इन्काउन्टर हुन्छ । तिनै मुख्य नेता बचेकाहुन्छन् । उनिमात्र बचेपछि एसपी खरेलको ठाँउमा आएर पत्रकार छोरीले आफूलाइ बचाएको भन्दै दम्भ देखाउछन् । प्रहरीको मिलेमतोमा नै त्यो गरिएर अपराधको प्रमाण नष्ट हुन नदिन यस्तो गरिएको बताएपछि चलचित्र समाप्त दिशामा जान्छ ।

चलचित्र मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्स मा कथा घुमेको छ , सीनेमाले नेपलाको जन आन्दोलन २०६२ ६३ पछीको देशको सामाजिक , राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा जहाँ पहाडी , मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्समा कथा घुमेको छ । “

नायक निखिल उप्रेती , सौगात मल्ल रमेश रंजन झा , मलिना जोशी , अशिश्मा नकर्मी , प्रमोद अगरहरी , कामेस्वोर चौरसिया ,कृष्ण सिंह , रमेश बुढाथोकी , निर शाह , श्वेता शाह , नन्दु श्रीवास्तब , निर्देश श्रीवास्तब , राज कटुवाल तथा सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको यस चलचित्रको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झा ले नै लेखेका हुन् ।
धिरेन्द्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको यस चलचित्रको गीत लाई संगीत भने प्रभेस मलिकले भरेका छन् ।

पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफर , र हिमाल केसीको दोन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गरेको हो ।

https://www.youtube.com/watch?v=4NxPn1cxl04&t=58s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah