नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको प्रतिनिधिमण्डलले केपी शर्मा ओली नेतृत्वको एमाले उच्चस्तरीय टोलीसँग द्धिपक्षीय भेटवार्ता गरेको छ ।

द्धिपक्षीय सामुहिक भेटवार्तापछि अध्यक्ष ओली र उपप्रधानमन्त्री याङबीच एकल वार्तासमेत भएको थियो ।  अपराह् होटल सोल्टीमा भएको करिव एक घण्टा लामो प्रमण्डलस्तरीय भेटवार्तामा नेपाल र चीनबीचका बिबिध पक्षमा छलफल भएको थियो । दुबै पक्षले ओली सरकारको पालामा भएका सम्झौता र समझदारी कार्यान्वयनमा जोड दिएका थिए । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले पुर्व सरकारको पालामा भएका सहमति र सम्झौतालाई प्रभाबकारी ढंगमा कार्यान्वयनमा लैजानेबारे छलफल भएको बताउनुभयो ।

वार्तामा नेपाल र चीनबीचको कनेक्टिभिटीमा जोड दिंदै दुवैदेशबीचका मुख्य नाकाहरुलाई संचालनमा ल्याउनबारे समेत सकारात्मक कुराकानी भएको उहाँले बताउनुभयो । ‘ती सम्झौतालाई प्रोटोकलमा लगेर कार्यान्वयन अगाडि बढाउने विषयमा चिनियाँ पक्षले चासो देखाएको थियो । ओलीले त्यस विषयमा सरकारलाई घचघच्याउने बताउनुभएको थियो’ वार्तामा सहभागि एमाले महासचिव इश्वर पोखरेलले भन्नुभयो ।

बैठकमा विद्युतीय रेलमार्ग नेपाली जनताको चाहना रहेको ओलीले बताउनुभएको थियो । जवाफमा उपप्रधानमन्त्री वाङले त्यसमा चीन सरकार प्रतिबद्ध भएरै नेपाली सिमासम्म रेलमार्ग निर्माणमा चीन सरकार केन्द्रित भएको बताउनुभयो । चिनियाँ उपप्रधानमन्त्री वाङले चिनियाँ परियोजना ओबोरलाई अगाडि बढाउन नेपाल र सम्पूर्ण दक्षिण एसियाली क्षेत्रकै अग्रसरता जरुरी भएको राष्ट्रपतिको सी जिनपिङको सन्देश एमाले प्रतिनिधि मण्डललाई सुनाउनु भएको थियो । उहाँले ओबोरको कार्यान्वयनमा नेपाल सकारात्मक ढंगले अगाडि बढ्ने चिनियाँ आशा रहेको पनि बताउनुभएको थियो ।

जबाफमा एमाले अध्यक्ष ओलीले नेपाल ओबोरको सदस्य भइसकेको र त्यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको थियो ।  भेटका क्रममा आपसी सद्भाव, पूर्वाधार विकास र चीनबाट लगानी भिञ्याउनेबारे छलफल भएको थियो ।  अध्यक्ष ओलीले नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ प्रतिनिधि मण्डललाई आग्रह गर्नुभएको थियो । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले मंगलबारनै  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेको थियो । वार्तामा नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा चीन लगानी गर्न इच्छुक रहेको जानकारी चिनियाँ पक्षले दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah