मदन राजवँशी मनप्री

किस्नी र कमल खोलामा पुल नहुदा र तुलाचौन पुर्वको पक्की सडक अनि वगाचौधरी बाट पिण्डालघुटु जाने ग्रावेल सडक बर्षाको भेलले बगाउदा सडक सँजाल अबरुद्ध हुन गई गौरीगँज वडा नँ २ को कोरोबारीमा स्वास्थ्य र मानविय सँकट देखिने अबस्था आएको छ । अहिले कोरोबारी बाट बाहिर कतै निस्कन सकिने अबस्था छैन ।

एम्वुलेन्स लगायतका चारचक्के कुनैपनि साधन लिएर कोरोवारी जान सकिदैन ।महाभाराबाट कोरोबारी जाने सडकमा कमल खोलाको पुल बगेको छ भने गौरीगँजसँग कोरोवारी जोड्ने सडकको किस्नी खोलामा पुल छैन । किस्नीको बगाचौधरी घाटमा चल्ने एक मात्र काठे डुँगाले कोरोवारीलाई गौरीगँज सँग जोडेको छ ।

अहिले कोरोवारीमा कोहि सर्प दँसको घटना , सुत्केरी या आपतकालिन विरामी भए एम्वुलेन्स सम्म गाउमा लान नसकिने अवस्था छ । जसका कारण गाउमा मानविय र स्वास्थ्य सँकट आउने अवस्था देखिएको छ । आमगाछीको पिण्डालघुटु सँथाल बस्तीको १८ परिवार कमल खोलाका कारण पुर्ण रुपमा विस्थापित भएको छ ।

उनिहरुको घर पुर्ण रुपमा क्षति भएको छ ।माईपारी को भाकुरमारी मा ८ परिबार , वारी ३ परिवार अनि दासचौरी गाउमा १२ परिवार र अन्य टोलका १० परिवार पुर्ण रुपमा क्षति भएको छ ।प्रहरी चौकी कोरोवारीको विवरण अनुसार बर्षाका कारण अँशिक र पुर्ण प्रभावित हुने परिवारको सँख्या ११९ पुगेको छ ।

सामाजिक कार्यकर्ता ज्ञानु राजवँशीका अनुसार शुक्रवारको झरी पछी आमगाछी, भाकुरमारी, दासचौरी, विरपुर, पिण्डालघुटु लगायतका ठाउहरुमा सडक माथी नै कम्मर कम्मर पानी बगेको थियो ।

गाउपालिका प्रमुख बाबुराजा श्रेष्ठ, उपप्रमुख दिपिन्द्र थापा र वडाध्यक्ष अघनु राजवँशीको टोलीले  स्थलगत अवलोकन गरि पिडित परिवारलाई खाने वस्ने प्रवन्ध गरेको छ भने रेडक्रस लगायतका सँस्थाहरुवाट राहत आउन थालेको छ ।

गौरीगन्ज पोर्टलबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah