सहबान अन्सारी/ नवलपरासी जिल्लाको सुस्ता गाउपालिका अन्तर्गतका नारायणीमा नदिमा एक बालक बेपत्ता भएका छन ।
सुस्ता गाउपालिका वार्ड न. ५ साबिक गा.वि.स पक्लिहवा वार्ड न.८ बलिनगर बस्ने धनराज चमार का छोरा १३ बर्षिय संदिप चमार बुधबार बेलुका ४ बजे भारतको तेलफार भन्ने गाउको नजिकै नारायणी नदिमा पौडी खेलने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनी बलिनगरको बि.पि माध्यमिक विध्यालय कक्षा ५ मा अध्यनरत थिए! हरिजन आफनो गाउको आफू सहित पाच जना साथी संग नारायणी नदिमा पौडि खेल्न गएका थिए । तर लगता अभिरल वर्षाले गर्दा नारायणी नदिमा पानीको बहाव निकै बढेको हुनाले । नदिको पानीमा पाँच जना साथी मध्ये हरिजन पानीको चपेटामा परेपछि बचेका चार जना हरिजनको घरमा बताएका छन ।
नारायणी नदिमा बेपत्ता भएका चमारको शव अहिले सम्म फेला नपरेको र अहिले शवको खोजी कार्य भैरहेको रामनगर प्रहरी चौकी का ईन्चार्ज भिम बहादुर चौधरीले जानकारी दिनु भएको छ ।



