रामकुमार श्रेष्ठ
कावासोती । गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्ताबासीलाई बिहीबार स्थानीय प्रशासनले रोकेको छ ।
स्थानीयले आक्रोश पोखेपछि नेपाल र भारतका अधिकारीहरुबीच डुबानपीडितलाई क्षतिपूर्ति दिने सहमति पनि भएको छ । हालै अबिरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । सुस्ताबासी गाउँमा जम्मा भएको पानीको निकास दिन भन्दै पलामे पुल नजिकै गण्डक नहरको बाँध भत्काउन पुगेका थिए ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८÷१० मिटर लामो र झण्डै एक मिटर गहिरो कुलो समेत खने । तर, स्थानीय प्रशासनले नहरमा पानी खसाउन दिएन । नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुप¥यो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौ भनेर रोेकेका छौं’ रानाले भने ।

गण्डक जलविद्युत् आयोजनाका लागि पानी ल्याउन नहर बनाइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गरेको छ । तर, नहरका लागि बनेको बाँधले सुस्ता डुबानमा परेको सुस्ताबासीले बताउँदै आएका छन् । बिहीबार स्थानीयले नहरको बाँध नै भत्काउन खोजेपछि बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकमा तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।
भारतीय पक्षले डुबानका कारण भएको क्षतिको क्षतिपूर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति जनाएको छ । भारतीय पश्चिमी नहरमा पानी निकासका लागी साइफन वा अटोमेटिक फाटक बनाउनु पर्ने एउटै विकल्प मात्र रहेको सुस्ता गाउँपालिका कार्यालय कुडिया नवलपरासीका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन् ।

आफूहरु डुबानमा पर्ने र पानीको निकास निकाल्न खोज्दा प्रहरीहरुले रोक लगाउने कार्य निन्दाजनक भएको सुस्ता गाउँपालिका वडा न।१ का वडा सदस्य ज्ञानु न्यौपानेले आपत्ति पनि जनाएका छन् । स्थानीय बासिन्दा एकनारायण न्यौपानेले भारतलाई पटकपटक आग्रह गर्दा पनि निकास नदिएकोले बाध्य भएर यस्तो गर्नुपरेको बताए ।
लगातार अविरल वर्षाको कारणले पानीको निकाश नहुँदा सुस्ता गाउँपालिकाको वडा न।१ अन्र्तगत बरुवा, छिबनी, फेचुहा र रुपौलिया त्यस्तै गरी वडा न।२ अन्र्तगतको सत्तपति र महलबारी गरी एक हजार बिघा भन्दा बढी धानबाली र नगदेबाली उखुँ नष्ट भएको छ । साथै आफूहरु र आफ्नो खेतीपात बर्सेनि यसरी नै डुबानमा पर्ने गरेको सुस्ता गाउँपालिका वडा न।१ छिबनी बस्ने बाबुराम सुबेदीले बताएका छन् ।

सो डुबानबाट बच्नको लागि भारतीय नहरमा एउटा साईफन बनाउनु गर्ने पनि सुवेदीले बताए यस विषयमा पटकपटक नेपाली प्रशासनलाई भन्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयले गुनासो पनि गरेका छन् । चितवन पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah