सप्तरी । सप्तरीको कुलाडी गाउँका फुदन केही समयदेखि धरानमा ज्याला मजदुरी गर्दै आएका थिए । उनी गाउँमा सामान्य ज्यालादारी गरी जीविकोपार्जन गर्दै परिवार धान्छन् । घरको मजदुरीले पारिवारिक अवश्यकता पूरा गर्न नसकिने देखिएपछि उनी केही वढी कमाउने उद्देश्यले धरान हानिएका थिए । उनले काम सुरु गरेको १५ दिनमात्र भएको थियो । अरुदिन जस्तो त्यसदिन पनि उनी आफ्नै काममा व्यस्त थिए ।

त्यस दिन देशका पूर्वी भेगमा भारी वर्ष भइरहेको थियो । वर्षाका कारण आफ्नो कामलाई असर पार्ने कुराले उनी निरास थिए । तर, यही वर्षाले परिवारमा कुनै आपत्ति आउला भन्ने सायद सोचेका समेत पनि थिएनन् उनले । जीवनमा नसोचेकै हुन्छ भनिन्छ । त्यस्तै भयो ।

सधैँ झै उनी काममै व्यस्त थिए । साहुलाई उनको छिमेकीले फोन गरेर सुनाए हृदयविदारक समाचार । अविरले वर्षपछि आएको बाढीले उनको ८ वर्षीय कलिलो छोराको ज्यान लिइ छाड्यो ।

छोराको मृत्यु भयो भन्ने खबरले उनको हालत खराब भयो । मृतक छोराको अन्तिमपटक मुख हेर्ने सोच बनाए । घर जानुवाहेक अरु कुनै विकल्प थिएन । उनले साहुसँग आफूले कमाई गरेको पैसा मागे ।

तर, बिल पास भएन । उनीले आफ्नो कमाइको ३ हजार रुपैयाँ समेत पाएनन् । साहुले उनलाई पेश्की दिन पनि इन्कार गरिदिए । आफूसँग एक पैसा थिएन, साहुले पनि पैसा दिन अस्वीकार गरिदियो । छोराको मृत्युले विचलित बनेका फुदनले हिँडेरै घरसम्म पुग्ने निर्णय गरे । विपतको घडीमा पुगेका उनले कसैको सहयोग माग्ने सामथ्र्य पनि राख्न सकेनन् ।

उनी धरानबाट हिँड्दा लगातार मुसलधारे पानी परिरहेको थियो । पानीको वास्तै नगरी बाटोमा लड्दै समालिदै उनी धरानदेखि घरसम्म आउन तयार भए । उनी भोकैप्यासै १ सय ३० किलोमिटरको पैदल यात्रा तय गर्दै उनी एक रात दुई दिनमा घर आइ पुगे । एक रात उनले बाटो मै खुला आकास मुनी बिताए । किनकि होटेलमा बस्नका लागि उनीसँग पैसा पनि थिएन ।

दुई दिनको पैदल यात्रा गरेर घर पुगेका फुदनले छोराको अनुहार समेत हेर्न पाएनन् । मुसहरहरुको चलनअनुसार मृतकको शवलाई तीनदिन भन्दा बढी राख्न नहुने बताइन्छ । मृतकको शवलाई जलाउने वा गाड्ने परम्परा यस समुदायको छ ।

तर, गाड्न र जलाउनका लागि जमीन समेत भेटिएन । जमीन नभेटिएपछि मृतक बालकको शवलाई कोशीमा बगाएर अन्तिम संस्कार गरिएको थियो । उनका छोरालाई एक दिन अगाडि नै खोलामा बगाइएको थियो । दुई दिनको पैदल घर पुगेका उनी छोराको अन्तिम संस्कार गर्न नपाउँदा उनी निरास छन् ।

मृतक कमलुका परिवार अहिले सानो पालमा १५ जना जति अटाएर बसिरहेका छन् । राहत नपुगेकाले अहिले उनीहरुसँग खान र लगाउनको लागि केही छैन । उनीहरु लगायत त्यहाँ ३०० घर राहतको पखाईमा छन् ।

कमलुको परिवार र उनीजस्तै अन्यका लागि तलको लिंकमार्फत सहयाग गर्न सकिन्छ ।

(सहयागको लागिhttps://www.gofundme.com/kamalfamilysupport)

फोटो/भिडियो: गगन थापा

नेपाल आज डट कम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah