हेटौंडा, २ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले राप्रपा फुटाउन सहयोग गरेको भन्दै असन्तोष ब्यक्त गर्नुभएको छ । हेटौंडामा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टी विभाजनका लागि रीत नपुगेको निवेदन दर्ता गरी निवेदनको रीत पुर्याउन समय थप गरेको आरोप लगाउनु भयो ।

‘पार्टी विभाजनका लागि दिएको निवेदनमा ४० प्रतिशत सदस्य आवश्यक पर्ने प्रावधान विपरित रीत नपुगेको निवदेन निर्वाचन आयोगले दर्ता गर्यो’ थापाको भनाई उद्धृत गर्दै केन्द्रीय समितिका एक सदस्यले भन्नुभयो, ‘रीत नपुगेको निवेदन दर्ता गरेर सनाखतका लागि पटक पटक समय दिएर कानुन विपरित काम गरिरहेको छ ।’

राप्रपा विभाजन गरी राप्रपा (प्रजातान्त्रिक) गठनको निवेदन दिनुभएका पशुपति शमशेर राणालाई निर्वाचन आयोगले ४० प्रतिशत संख्या पुर्याउन शुक्रवारसम्मको समय दिएको छ । २२ साउनमा राप्रपा विभाजनको सूचना राणाले निर्वाचन आयोगमा बुझाउनु भएको थियो । तर, विभाजनका लागि ४० प्रतिशत हस्ताक्षर अझै पुर्याइएको छैन ।

राप्रपा बैठकमा १५६ केन्द्रीय सदस्य मध्ये ८५ जनाको उपस्थिति रहेको नेताहरुले वताएका छन् । राप्रपाले बाढी प्रभावित जनताका लागि ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । चक्रपथबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah