गत वैशाखमा गोंगबुस्थित गीता ढकालको ट्राभल एजेन्सीमा एक महिला छोरासहित पुगिन् । उनी टिकट काट्न होइन, जागिर खोज्दै त्यहाँ पुगेकी थिइन् । चिनजानपछि महिलाले युवकलाई देखाउँदै भनिन्, ‘नानी यसलाई कतै जागिर लगाइदिनुपर्यो ।’ ती महिला ढकालको मावलीखलक नुवाकोट ककनीकी थिइन् । गीतालाई पनि घरमा काम गर्ने व्यक्ति चाहिएको थियो । उनले आमासँग सोधेर कामबारे टुंगो लगाउने बताइन् । आफ्नै माइतीगाउँको केटो भनेपछि पार्वतीले तिनलाई घरमा काम लगाउन खुसी भइन् ।

माइतीगाउँको केटा भनेर माया गरेर काममा लगाएका तिनै युवक अर्थात् सुदामा लामिछानेकै कारण पार्वतीले ज्यान गुमाउनुपरेको छ । युवकको पृष्ठभूमि र आचरण थाहा नभई काममा लगाउँदा उनले ज्यान गुमाउनुपरेको हो । गत १२ साउनमा लामिछानेले ढकालको हत्या गरेका हुन् । तीन सातापछि घटनाको विवरण प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जब हजुरआमा बोलिनन्
सधैँझैँ गीताका ११ वर्षीय छोरा स्कुल छुट्टी भएपछि गत १२ साउनमा घर गए । प्रायः घरको बाहिरी गेट र ढोका बन्द हुन्थ्यो । हजुरआमाले खोल्ने गरेकी थिइन् । तर, त्यो दिन ढोका खुलै थियो । घरभित्र किचेनको ढोका पनि खुलै थियो । उनी सीधै किचेनमा छिरे । भित्र हजुरआमा लडिरहेकी थिइन् । बोलाउँदा बोलिनन् । टाउको फुटेको थियो, शरीर रक्ताम्य थियो । उनले आत्तिँदै आमालाई फोन गरे । आमाको फोन नउठेपछि आफन्तलाई फोन गरी घटनाको जानकारी दिए । केहीछिनमै घटनास्थलमा प्रहरी पुग्यो । पार्वतीको मृत्यु भइसकेको थियो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले धनमाल लुटपाट गर्ने गिरोहले उनको हत्या गरेको देखिन्थ्यो । किनकि दराजमा रहेका सबैजसो सुनका गहना हराएका थिए ।

तर, कसले गर्यो हत्या ? अनुसन्धान निकै जटिल थियो । गम्भीर किसिमको घटना भएकाले महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढायो । ढकाललाई ह्यामरले टाउकोमा हानेर हत्या गरिएको थियो । दिउँसो चोरी गर्ने गिरोहको ‘मोडस अपेरान्डी’सँग त्यो मिल्दैन थियो । किनकि उनीहरूले सुरुमा हतियार देखाएर धम्क्याउने र धम्क्याउँदा नतर्सिए मात्र आक्रमण गरेर घाइते बनाउँथे । तर, त्यहाँ त्यस्तो अवस्था थिएन । हत्या गर्ने उद्देश्यले नै पार्वतीलाई टाउकोमा ह्यामरले हानिएको थियो । जसअनुसार कुनै पेसेवर डकैतीवाला थिएनन्, चिनजानकै व्यक्तिले हत्या र लुटपाट गरेको हुनुपर्छ भन्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । अर्काेतर्फ दिउँसो घरमा पार्वती एक्लै हुने गर्दथिन् । सो कुरा थाहा भएको व्यक्ति संलग्न हुने विश्लेषण प्रहरीको थियो ।

सोही विश्लेषणअनुसार प्रहरीले अनुसन्धान अघि बढायो । ढकालको घरको बारेमा को हुन सक्छन् नजिकका व्यक्तिहरू त्यहीँबाट प्रहरीले अनुसन्धान अघि बढायो । सम्भावित व्यक्तिको सूचीमा सोही घरमा काम गरेर छाडेका सुदामा लामिछाने पनि थिए । प्रहरीले उनको मुभमेन्ट हेरिरहेको थियो । घटनाको केही दिन काठमाडौं बसेपछि उनी तराई गएका थिए । उनीमाथि प्रहरीको शंका थप बढ्यो । एक दिन उनी भारतसमेत गए । कपिलवस्तुमा आफन्तको घरमा गएर बसेका थिए । उनले भारतमै बस्ने योजना बनाएर भारुसमेत साटेका थिए । भारत छिर्ने तयारी गरिहेका वेला बुधबार अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्यो । सुरुमा घटनाबारे केही थाहा नभएको बताएका उनले थप सोधपुछका क्रममा सबै स्विकारेको प्रहरीले जनाएको छ ।

यसरी भयो घटना
लामिछानेले ढकालको घरमा एक साता मात्र काम गरे । वैशाखको अन्तिम साता उनले सो घरमा काम गरेका थिए । गत १ जेठमा पासपोर्ट बनाउन जाने भन्दै एक हजार रुपैयाँ लिएर निस्किएका थिए । त्यसपछि उनी काममा फर्किएनन् । करिब दुई महिनापछि एक दिन दिउँसो फेरि गए, तर काम गर्न होइन, पैसा माग्न । पासपोर्ट बनाउन भन्दै उनले पार्वतीसँग पैसा मागेका थिए । तर, उनले आफूसँग पैसा नभएको बताइन् । लामिछानेलाई चिया खुवाएर पठाइन् । पैसा नपाएपछि उनको मनमा अपराध जन्मियो । उनले ढकालको घरमा प्रशस्त गहना हुने थाहा पाएका थिए । दिउँसोको समयमा पार्वती एक्लै घरमा बस्थिन् । त्यसकारण उनको हत्या गरेर गहना लुट्ने र विदेश भाग्ने योजना बनाए । सोहीअनुसार एक साथीलाई तयार बनाए । गत १२ साउनको दिउँसो उनी त्यही योजनासहित बुढानीलकण्ठको तैलुङस्थित ढकालको घरमा पुगे ।

पार्वती एक्लै ढोका लगाएर बसेकी थिइन् । लामिछानेलाई देखेपछि उनले ढोका खोलिन् । चिया खान प्रस्ताव गरिन् । तर, उनीहरूले चिया अस्वीकार गरे । उनीहरूको लक्ष्य त चिया होइन, गहना थियो । त्यहीबीचमा ढकाल लुगा सुकाउन छतमा गइन् । त्यसक्रममा उनीहरूले हत्या गर्ने र गहना लुट्ने योजनाबारे छलफल गरे । पार्वती छतबाट फर्किएर किचेन कोठाको कुर्सीमा बसिरहेकी थिइन् । उनीहरूले पार्वतीलाई भुइँमा लडाए र ह्यामरले टाउकोमा हानेर हत्या गरे । हत्यापछि दराजमा रहेको दुईवटा सुनको चुरा, दुईवटा सुनको बाला, दुईवटा औँठी, एउटा सिक्री, झुम्का, आइप्याड, घडीलगायतका सामान चोरी गरी भागेका थिए । त्यहाँबाट माइक्रो चढेर उनीहरू बालाजु पुगे । उनीहरूले करिब २७ तोला सुनका गहना चोरी गरेका थिए ।

चोरीको गहना बिक्री गरेपछि लामिछाने भारत भाग्न लाग्दा पक्राउ परे भने उनका अर्का सहयोगी भने फरार रहेको अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए । अभियुक्त लामिछाने बलात्कार मुद्दामा आठ वर्ष जेल बसेर दुई वर्षअघि मात्र छुटेका थिए । त्यसपछि गाडीमा सहायक चालकको रूपमा काम गर्दथे । एक अनाथालयमा बलात्कार आरोपमा उनी जेल परेका थिए ।

‘लोभी’ सुनपसले पनि फन्दामा
सुन पसलहरूले बिलविनाको सुन किन्न पाउँदैनन् । तर, वनस्थलीस्थित दीपज्योति सुनचाँदी पसलका सञ्चालक चन्द्रकान्त ल्वागुन र नुवाकोटका कृष्णमाया श्रेष्ठ तथा किशोर श्रेष्ठले लोभमा फसेर सस्तोमा विनाबिलको गहना खरिद गरे । सोही लोभमा फस्दा उनीहरू प्रहरी हिरासतमा पुगेका छन् । लामिछानेले हत्यापछि चोरी गरेको गहना उनीहरूलाई नै बिक्री गरेका थिए । चोरी गरेको आइप्याड तथा केही गहनासमेत प्रहरीले बरामद गरेको छ । इनया पत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah