प्रदेश र संघीय चुनाव एकै मितिमा गर्न दलहरु सहमत भएपछि निर्वाचन आयोगले आन्तरिक तयारी थालेको छ । प्रदेश र संसदको चुनाव एकै पटकमा गर्ने प्रमूख दलहरुको सहमति भईरहँदा निर्वाचन आयोगले प्राविधिक हिसावले गाह्रो पर्ने बताइरहेको थियो । तर आन्तरिक सहमतिपछि दलहरुले निर्वाचन आयोगलाई पनि मनाएका छन् ।

एकै पटकमा दुई तहको निर्वाचन गर्न आयोगका केहि शर्तहरु रहेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए । तर चुनाव एकै चरणमा गर्ने कि चरण चरणमा गर्ने भन्नेमा दल र आयोग बीच एकमत छैन । आयोगले पहाडी र हिमाली जिल्लामा पहिलो चरण र बाँकी जिल्लामा दोस्रो चरणमा चुनाव गर्दा सहज हुने बताईरहेको छ । तर दलहरु एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिईरहेका छन् ।

यसबारेमा आयोगसँग थप छलफल गरेर एकदुई दिनमा टुंगो लगाउने दलहरुको तयारी रहेको एमाले बरिष्ठ नेता झलनाथ खनालको भनाई छ । दुई चरणको स्थानीय तहको चुनाव बहिस्कार गरेको राजपा संविधान संसोधन नभई तेस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने बताईरहेको छ ।

यस्तोमा प्रदेश र संघिय चुनाव बारे राजपाको धारणा सार्वजनिक भईसकेको छैन । संविधान संसोधन विधेयक टुंगो लागेपछि मात्र यसबारेमा धारण सार्वजनिक गर्ने राष्ट्रिय जनता पार्टीका नेता महिन्द्र राय यादवले बताए ।

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि आयोगको तयारी तिब्र
निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको तयारी तिब्र पारेको छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हँुदैछ ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पु¥याउने, थपिएका स्थानीय तहमा मतदाता नामावलि संकलनको कामलाई व्यवस्थित गर्ने काम अहिले भैरहेको आयोगले जनाएको छ ।

भदौ ७ गते भित्र आफ्नो कार्यालय स्थापना गरिसक्न निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई आग्रह गरेको छ भने निर्वाचन अधिकृतले भदौ १२ गते आफ्नो कार्यालय स्थापना गर्नुपर्ने छ । मुख्य निर्वाचन अधिकृतको लागि भोली र पर्सि २ दिन तालिम सञ्चालन हुने र त्यसपछि निर्वाचन तयारीको काम अझै तिब्र हुने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने पनि जनाएको छ । निर्वाचनलाई स्वच्छ र धाँधली रहित तरिकाले सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरेकाले आचारसंहिताको पालना गरिदिन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah