राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको छ ।

काठमाडौंको नक्साल गैरीधारामा अहिले केही समयपछि सुरु हुने बैठकमा राप्रपा विभाजन र भावी रणनीतिका विषयमा छलफल हुने प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

‘पार्टी विभाजनपछि विकसित परिस्थित र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको छ’, गिरीले भन्नुभयो, ‘बैठकबाट नयाँ पार्टी गठन भएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय लिइनेछ ।’

निर्वाचन आयोगले भदौ ४ गते ५१ प्रतिशत केन्द्रीय सदस्यहरूलाई उपस्थित गराएर सनाखतका लागि आदेश दिएकोमा त्यसलाई चुनौती दिँदै राप्रपा (प्रजातान्त्रिक)ले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

अध्यक्ष राणाले पहिलो दिन नै हस्ताक्षर गरेर ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको सनाखत बुझाएको भन्दै त्यसैलाई मान्यता दिन आग्रह गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

राणा समूहले आफ्ना केही केन्द्रीय सदस्य र सांसदहरू कमल थापा समूहले अपहरण गरेर लुकाइ राखेको आरोप लगाउँदै आएको छ ।

यो आकस्मिक बैठकले थापा समूहका विरुद्ध केही एक्सन लिन सक्ने प्रवक्ता गिरीले बताउनुभयो । दैनिक नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah