काठमाडौं : एपीवान टेलिभिजमा जारी गायन रियालिटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिदा निर्णाय इन्दिरा जोशी धुरु–धुरु रोइन् । नेपाल आइडलको उत्कृष्ट छ बाट थापा बाहिरिदाँ इन्दिरा यसरी रोएकी हुन् । बाहिरिएका थापाले भने, ‘नेपालको उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन यो उपलब्धिबाट उनी पनि निकै खुसी र उत्साहित छन् ।’
अब नेपाल आइडलमा ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट पाँचमा पुगेका छन् । यसअद्दि उत्कृष्ट ७ बाट प्रमिला राई आउट भएकी थिइन् ।
सुरजले राजधानीबाट अडिसन नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका हुन् । सुरज रेडियो नेपालमा पुराना कलाकारका गीत सुनेर गीतसंगीतप्रति आकर्षित भएका हुन् । ३० वर्षीय उनले आईए गरेका छन् ।
टप ६ बाट बाहिरिएका सुरज आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ। आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको यात्रा यहाँसम्म पुगेको उनको भनाइ छ।



