सिराहा । एमाले निकट अनेरास्ववियुको केन्द्रीय टोली बाढी पीडितको लागि उद्वार तथा राहत वितरणको लागि तराई पुगेको छ ।

उक्त टोलीले तराईको सिराहामा बाढीपीडितका लागि राहत सामाग्री वितरणसँगै निशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । अनेरास्ववियुले विगतमा पनि सप्तरी, रामेछापको खिम्तीमा बाढीपीडितहरुका लागि खाद्यान्य र लत्ताकपडासहितको राहत सामग्री वितरण गरेको थियो ।

विगत केही दिनयता मात्र तराईको विभिन्न जिल्लामा भएको डुवानका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ भने धेरैको संख्यामा बेपत्ता छन् । हजारौ घर डुबेका भत्किएका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नेतृत्वमा त्रिपाल, टर्चलाईट, दाल, चामल, नुन, चिउरा, चाउचाउ, विस्कुटलगायतका खाद्यान्न एवं अत्यावश्यक राहतका सामग्रीसहित सिराहा पुगेको टोलीले सिराहका कल्याणपुर, कर्जनहा, बस्वीट्टा, कमलाखोलाको कटानलगायतका क्षेत्रमा गरि करिब ९०० घर परिवारलाई राहत सामाग्री वितरण गरेको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले बताइन् ।

यसैगरी अनेरास्ववियुको स्वास्थ्य विभाग र रचनात्मक तथा सामाजिक सरोकार विभागले अति प्रभावित दुई गाउँमा डाक्टरसहितको टोलीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको सचिवालय सदस्य एंव स्वास्थ्य विभाग प्रमुख जेनिस लामाले जनाए । अहिलेसम्म सिराहाको २ स्थानमा गरी करिब १००० जनाको स्वास्थ्य परिक्षण गरिसकेको छन् भने दस लाख भन्दा बढीको औषधी वितरण गरिएको अनेरास्ववियुले जनाएको छ ।

पार्टीले आफ्ना जनवर्गिय संगठनलाई दिएको जिम्मेवारी अन्तर्गत अनेरास्ववियुको टोली सिराहा पुगेको हो । अनेरास्ववियु अति बाढी प्रभावित अन्य जिल्लामा पनि राहत सामग्री लैजाने तयारीमा रहेको अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah